सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएपछि स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
स्थानीयहरूले मृतक साहको शव सडकमा राखेर प्रदर्शन गरेका कारण उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सुनसरीको लौकही खण्डमा सयौं सवारीसाधन जाममा परेका छन्। स्थानीयहरूले घटनाको उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेका छन्। आक्रोशित स्थानीयहरूले सशस्त्र प्रहरीको ब्यारेकमा ढुङ्गा–मुढा प्रहार गरेका छन् भने प्रहरीको भित्तामा समेत आगजनी गरेका छन्। हाल लौकही बजार तनावग्रस्त रहेको छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ। घटनामा संलग्न रहेको भन्दै प्रहरीले सशस्त्र प्रहरीका हवल्दारलाई नियन्त्रणमा लिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वार्ता प्रयास जारी रहेको बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस