Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

अर्थ संसार

आइतबार, २० पुस २०८२, ०८ : ३५ मा प्रकाशित

आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी महाशाखाले आज राति तराई भागका धेरै स्थानमा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको साथै तराई भागमा कुहिरोको समेत सम्भावना रहेको छ । यसको प्रभाव रहँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको