Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको एफपिओ बिकेन, अन्डर राइट गर्ने मर्चेन्ट बैंक धरापमा

बुधबार, १६ फागुन २०७४, १७ : ११ मा प्रकाशित

बुटवल पावरको एफपिओ बिकेन, अन्डर राइट गर्ने मर्चेन्ट बैंक धरापमा

अर्थ संसार, काठमाडौं – बुटबल पावर कम्पनीका कारण थप निस्काशन(एफपीओ)को प्रत्याभूत(अन्डर राइट) गर्ने  विभिन्न ८ मर्चेन्ट बैंक आर्थिक रुपमा टाट पल्टने अवस्थामा पुगेका छन् ।   

एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट लगायतले बुटवल पावरको एफपिओ अन्डर राइट गरेका थिए ।

तर बुटवल पावरको एफपिओ नबिकेपछि अन्डर राइट गर्ने मर्चेन्ट बैंकहरुले नै खरिद गर्नुपर्ने देखिएको हो ।

संस्थागत लगानीकर्ताले समेत एफपिओ खरिद गर्ने आँट गर्न सकेनन् । जसका कारण अन्डर राइटकर्ता नै अन्त्यमा एफपिओ खरिद गर्नुपर्ने अवस्थामा पुगेको हो ।

बीपीसीले जारी गरेको शेयर ७५ प्रतिशतभन्दा बढी बिक्री भयो र सबै बिक्री भएन भने बाँकी रहेको सबै सेयर किनिदिन्छौं भनेर एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल क्यापिटल, ग्लोबल आइएमइ क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले प्रत्याभूत गरेका थिए । उनीहरुको अपेक्षा थियो सबै एफपिओ बिक्री भइ हाल्ला भन्ने थियो  ।

तर अवस्था ठिक उल्टो भयो । साधारण शेयर नै बिक्री नगरी एफपिओ बिक्री गर्ने बुटवल पावरको साजिस सतहमा राम्ररी नै सार्वजनिक भयो । कारण उसले व्यावसायिक रुपमा गरेको बदमासी नै थियो ।

नेपालको धितोपत्रको सामान्य नियमअनुसार कुनै पनि पब्लिक कम्पनीको पहिले साधारण शेयर(आइपिओ) जारी गर्नु पर्दछ । तर बुटवल पावरको हकमा सो कार्य गरिदै गरिएन । एक्कासी नियमक निकायलाई समेत प्रभावमा पारेर एकै पटक एफपिओ जारी गरियो । जुन कानुनको छिद्रमाथि खेलिएको खुला र भद्दा नमुना प्रदर्शन गरिएको थियो ।

गत माघ १५ गतेदेखि सर्बसाधारणको लागि ४० लाख ८१ हजार कित्ता सेयर थप निस्कासन (एफपिओ) बिक्री खुल्ला गरयो ।

सो सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयामा ४०१ रुपैयाँ प्रिमियम मूल्य थपेर ५०१ मा बिक्री गर्ने अनुमति नेपाल धितोपत्र बोर्ड(सेवोन)ले दियो । जुन विधिको ठाडो उल्लंघन भएको धितोपत्रका जानकारहरुको भनाइ छ ।

बीपीसीले बिक्री खुल्ला गरेको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रीबाट कम्पनीले रु २ अर्ब ४ करोड ४५ लाख ८१ हजार प्राप्त गर्ने गरी उक्त अनुमति दिइएको थियो ।

कुनै पनि कम्पनीले सार्बजनिक निस्कासन गर्दा सुरुमा ४ दिनको लागि बिक्री खुल्ला गरियो । अर्थात माघ १५ देखि माघ १९ सम्मका लागि पहिलो चरणमा बिक्री खुल्ला गरिएको थियो ।

एफपिओ बिक्री नभएपछि कम्पनीले संस्थागत लगानीकर्तालाई बिक्री गर्ने योजना अगाडि सार्यो । संस्थागत लगानीकर्ता समेत एफपिओमा आर्कषित भएनन् ।

अन्डर राइटको  प्रावधान भएका कारण पाँच शेयर बिक्री प्रबन्धक(क्यापिटल) समस्यामा परेका छन् र उनीहरु त्यसबाट उम्बन सक्ने अवस्थामा छैनन् ।

यी ५ वटै कम्पनी सम्बन्धित बैंकका शतप्रतिशत लगानीमा खुलेका सहायक कम्पनी हुन् । अर्थात यी क्यापिटल सर्बसाधारणको परोक्ष लगानीमा खुलेका कम्पनी  भएकाले सबै चुक्ता पूँजी डुबाएर तिनले बुटवल पावरको एफपिओ खरिद गर्लान् वा नगर्लान् त्यो पनि अर्को प्रश्नको रुमपा खडा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको