सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्यो भन्नु गलत भएको बताए
सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने उनको भनाइ छ ।
गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिँदै छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानूनी भएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस