काठमाडौं महानगरपालिकाले बौद्ध हायात ग्राउन्डमा राखिएका १५० मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ।
बुधबार महानगर प्रहरीको टोलीले काठमाडौं महानगर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको हो।
महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरू हटाइएको महानगरले बताएको छ। जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ मा मदिरा, सुर्तिजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसार निषेध गरिएको छ।
बुधबार साँझ हायात रिजेन्सी होटलमा ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुँदै छ। त्यसका लागि भारतीय चर्चित गायक सोनु निगम नेपाल आइसकेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस