एनएमबि क्यापिटलले म्युचुअल फण्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फण्ड एल–२ योजनाले बोर्डबाट निष्कासनको अनुमति पाएको हो ।
कुल एक अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये एक अर्ब २ करोड रुपैयाँ सार्वजनिक रूपमा बिक्रि गरिने बताइएको छ । यस फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ भने यो १० वर्ष अवधिको बन्दमुखी योजना हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस