गत साता नेपाल–चीनबीच बेइजिङमा भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
सम्झौतामा नेपाल र चीनबीचको सहकार्यका उद्देश्य, प्राथमिकता र क्षेत्रहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ। सहकार्यका मुख्य बुँदाहरूमा आर्थिक विकास, पारवहन तथा कनेक्टिभिटी सुधार, क्षेत्रीय व्यापार अभिवृद्धि र बीआरआईअन्तर्गत दुवै देशको साझेदारीका विषय समेटिएका छन्।
गत मंसिर १९ गते, बुधबार, बेइजिङमा आयोजित विशेष समारोहका क्रममा नेपाल सरकार र चीन सरकारबीच यस फ्रेमवर्कमा हस्ताक्षर भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस