अर्थ संसार, काठमाडौँ – प्रहरीले विष्फोटक पदार्थसहित यहाँ एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जाँचका क्रममा गएराति धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९७१९ नं को बसमा यात्रा गरिआएका दैलेख नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
शाहीले झोलामा राखेर ल्याएको डेटोनेटर ४४ थान, लोला १२ थान, ‘सेफ्टीफ्युज’ २५ मिटर, कालो टेप दुई थान र रबरको गुलेली एउटा बरामद गरिएको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले पक्राउ परेका शाही रसुवामा सडक निर्माणमा मजदुरको रुपमा काम गर्ने गरेको र सडक निर्माणका लागि ल्याएको विष्फोटक पदार्थ चोरेर हिँडेको अनुसन्धनाको क्रममा खुलेको जानकारी दिनुभयो ।
ठेकेदारले काम गरेबापत दिनुपर्ने रु ३१ हजार नदिएको झोंकमा आफूले विष्फोटक पदार्थ चोरेर भागेको बयान उनले प्रहरीसामु दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस