Like us!
Follow us!
Connect us!
Watch us!

आज तामाङ समुदायको सोनाम ल्होसार, विभिन्न कार्यक्रम गरि मनाइदै

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ०८ : ३१ मा प्रकाशित

आज तामाङ समुदायको सोनाम ल्होसार, विभिन्न कार्यक्रम गरि मनाइदै

माघ शुक्ल प्रतिपदाको दिन (आज) तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमि पूजा,कुल पूजा एवम् दान दक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।

समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् । तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । काठमाडौंको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा आज विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरि यो पर्व मनाइँदै छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको