स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेकी आशिका तामाङ अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी छिन् । सोमबार पार्टी कार्यालयमा गणेश पराजुलीले उनलाई आधिकारिक रूपमा टिकट प्रदान गरे।
रास्वपाले काठमाडौं जस्तो शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आफ्नो संगठनात्मक प्रभाव विस्तार गर्न तामाङलाई धादिङ पठाएको विश्लेषण गरिन्छ। पार्टीका केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ अब ग्रामीण मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी प्रतिस्पर्धामा उत्रनेछिन्।
यसअघि काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी तामाङको धादिङतर्फको मोडलाई रास्वपाले “शहरी युवाप्रेमी छवि मात्र होइन, ग्रामीण जनताको विश्वास जित्ने रणनीति” को रूपमा व्याख्या गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस