नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो । पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् रहेको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् राखेको छ । आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि निगमले यसमा कुनै फेरबदल गरेको छैन ।
निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ । पोखरा र भैरहवाको हकमा भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस