Like us!
Follow us!
Connect us!
Watch us!

एक्लिदै एनआईसि एशिया बैंक, बैंकिङ प्रणालीमा जोखिम बढेपछि २७ वटा बैंकले गरे बैंकिङ ‘विच्छेद’

शुक्रबार, २५ फागुन २०७४, १५ : ०६ मा प्रकाशित

एक्लिदै एनआईसि एशिया बैंक, बैंकिङ प्रणालीमा जोखिम बढेपछि २७ वटा बैंकले गरे बैंकिङ ‘विच्छेद’

अर्थ संसार, काठमाडौं –  गुणस्तरीय सेवालाई विर्सेर गुणस्तरी प्रचारप्रसारमा उत्रिएको एनआईसी एसिया बैंक लिमिटेडले  प्रमुख अधिकृतहरुको संस्था बैंकर्स संघलाई लत्याउँदै मुद्धति खातामा व्याजदर बढाएको छ ।

बैंकर्स संघलाई वेवस्था गर्दै बिहीबार एनआईसी एसियाले मुद्धती खातामा १२ प्रतिशत र बचत खातामा १० प्रतिशत दिने निर्णय गरेको थियो । बैंकहरु विच व्याजदरमा अस्वास्थ्य प्रतिस्पर्धा बढेपछि गत शुक्रबार बैंकर्स संघमा आवद्ध बैंकहले बचत खातामा ८ र मुद्धतीमा ११ प्रतिशत दिने निर्णय गरेको थिए ।

बजारमा तरलता अभाव बढ्दै गएपछि बैंकमा व्याजदर बढाउने होडबाजी चलेपछि संघले यस्तो निर्णय गरेको थियो । तर, आवद्ध एनआईसी एसियाले संघको निर्णयलाई वेवस्था गरी बढी व्याजर दिने निर्णय गरेपछि संघमा आवद्ध २७ वटा वाणिज्य बैंकले उक्त बैंकसको बैंकिङ सम्बन्ध विच्छेद गरेका छन् ।

बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघको यस्तो ‘एक्सन’ लिएको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताउनुभयो ।

‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्ज्याक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ अध्यक्ष ढुंगानाले भने,’बैंकमा सीईओले पनि राजीनामा दिएपछि बैंकिङ प्रणालीमा जोखिम देखेपछि एनआईसीसँगको कारोबार बन्द गरेका हौं ।’

संचालक समितिसँग व्याजदरको विषयमा विवाद भएपछि  बैंकका अधिकृत  लक्ष्मण रिसालले  बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई राजिनामा बुझाएका थिए । रिसालले २ वर्षका लागि बैंकले गरेको सम्झौता सकिनुभन्दा २ महिना पहिले नै रिसालले राजिनामा दिएका हुन् ।

२०७३ साल कात्तिक १३ र १४ गते  अर्थात कुकुर तिहार र लक्ष्मीपूजाका दिन एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक गरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर (करिब ४१ करोड रुपैयाँ) भुक्तानीका लागि अर्डर भएको थियो । ह्याकरले स्विफ्ट ह्याक गरी भुक्तानीका लागि विभिन्न ६ देशमा अर्डर गरेको थिए ।

ग्राहकलाई झुलाउँदै एनआइसी बैंक

ग्राहक तान्न बजारमा आक्रमक प्रचारप्रसार नीतिलाई अंगालेको  यस बैंक ग्राहकहरुलाई समयमै सेवा दिन भने सकेको छैन । बैंकको एटिम लिन होस् वा डिम्याट खाता खोल्न होस् बैंकले ग्राहकलाई झुलाउँदै आएको छ ।

बैकले डिम्याट खाता खोल्न १५ दिनदेखि १ महिना, एटिमको लागि २ महिना भन्दा बढी समय कुराउँदै आएको ग्राहकहरुको भनाई छ । 

 थापाथली ट्रेड टावरमा केन्द्रिया कार्यालय रहेको यस बैंकका ग्राहकले बैकिङ  कारोबार गर्दा १ देखि ३ घण्टासम्म कुर्नु पर्ने अवस्था छ । थोरै कर्मचारी र धरै सिकारु भाइबहिनीहरु भएको हुँदा बैंकिङ कारोबार ढिला भएको बैंकका एक कर्मचारीले बताए ।

5aa259b217153.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको