Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दा फछ्र्यौटमा समस्या

शुक्रबार, २५ फागुन २०७४, १६ : १३ मा प्रकाशित

मुद्दा फछ्र्यौटमा समस्या

अर्थ संसार, गौशाला– महोत्तरी जिल्ला अदालतमा आवश्यक कर्मचारी अभावका कारण मुद्दा फछ्र्यौटमा समस्या भएको छ ।

जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलकाअनुसार अदालतमा दरबन्दी अनुसारको न्यायाधीश र कर्मचारी नहुँदा मुद्दा फैसला प्रभावित भएको हो ।

सर्वोच्च अदालतले न्यायालयलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्ने योजना अघि सारे पनि आवश्यक कर्मचारी अभावकै कारण जिल्ला अदालतमा मुद्दा फैसलाले गति लिन सकेको छैन ।

छिटोछरितो न्याय सम्पादन गरी कुनै पनि मुद्दालाई १८ महिनाभित्र फैसला गरिसक्नुपर्ने भनिएको छ तर कर्मचारी अभावका कारण शीघ्र न्याय सेवा प्रवाहका लागि समयमा काम हुन नसकेको प्याकुरेलले बताउनुभयो ।

जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा ६४ प्रतिशत मुद्दा मात्र फस्र्यौट भएका छन् । यस अवधिमा अदालतले एक हजार ४० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिइएकामा ६७३ मुद्दाको मात्र फैसला गरिएको छ । एक सयभन्दा बढी मुद्दाको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि फैसला भएको छैन ।

जिल्ला न्यायाधीश प्याकुरेलकाअनुसार निर्वाचनको करिब तीन महिना कर्मचारी बाहिर बसेकाले पनि मुद्दा फछ्र्यौटले गति लिन नसकेको हो । यसअघिको टिमले आवश्यक रफतारमा काम गर्न नसक्दा धेरैजसो मुद्दा थाँती रहेको उहाँले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको