Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कस्तो छ अवस्था ?

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, १४ : २९ मा प्रकाशित

बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कस्तो छ अवस्था ?

खराब कर्जा असुली सुस्त र नयाँ कर्जा प्रवाह कमजोर हुँदा वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को साउन–पुससम्म १९ बैंकमा कुल ४३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ३४ अर्ब ८६ करोड ५६ लाख रुपैयाँभन्दा २४.९८% बढी हो। वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो सम्पत्ति छैन।

समीक्षा अवधिमा १५ बैंकको गैरबैंकिङ सम्पत्ति बढ्दा ४ बैंकले घटाएका छन्। सबैभन्दा बढी वृद्धि प्राइम र नेपाल एसबीआई बैंकमा देखिएको छ।

सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा देखिएको छ । बैंकको यस्तो सम्पत्ति ६ अर्ब १३ करोड रुपैयाँ  रहेको छ । त्यसपछि ग्लोबल आइएमई बैंकको यस्तो सम्पत्ति  ५ अर्ब ९९ करोड र प्राइम कमर्सियल बैंकको ४ अर्ब ४१ करोड रहेको छ ।  सबैभन्दा कम नेपाल बैंकमा २६ करोड ४२ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ ।

कुन बैंकमा कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको