Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, १२ : ०६ मा प्रकाशित

हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु

सिराहामा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ९ बजेतिर प्र.२–०–००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सिराहाको गोलबजार नगरपालिका– ३ का ४३ वर्षीय सन्तोष साह छन्। गोलबजार-२ गुरुधाम जाने बाटोमा आज बिहान टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनमा छोएपछि टिपरमा आगलागी भएको जिल्ला प्रहरीकाे भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको