Like us!
Follow us!
Connect us!
Watch us!

साँखु जाने सडकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०७ : ३७ मा प्रकाशित

साँखु जाने सडकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ । 

सशस्त्र प्रहरीको सुरक्षा बेस थलीबाट मोबाइल गस्तीमा खटिएका इनस्पेक्टर परशुराम थापा नेतृत्वको टोलीले शङ्कास्पद बस्तु देखेपछि सेनालाई खबर गरेका थिए । डिस्पोज गर्दा सो बस्तु बोरामा ढुङ्गा राखेर सडकमा राखेको प्रहरीले जनाएकाे छ । 

सेनाको रणचण्डी गण सुन्दरीजलको बम डिस्पोजल टोलीले बिहान करिब ६ बजेतिर सो बस्तु निष्क्रिय बनाएपछि सड्क सुचारु भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको