Like us!
Follow us!
Connect us!
Watch us!

उदयपुरमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०९ : ३६ मा प्रकाशित

उदयपुरमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु

उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु भएको छ। बिहान ७:१३ बजे कटारी नगरपालिका ३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ख मतदान केन्द्रमा असावधानीका कारण प्रहरीकै गोलीले मतपेटिकामा लागेको थियो। 

सर्टगन पड्किएर मतपेटिका क्षति पुगेपछि रोकिएको मतदान मतपेटिका परिवर्तन गरेर पुनः सुरु गरिएको भएकाे हाे । 

उदयपुरकै चुहाडेमा कार्यरत प्रहरी जवानले बोकेको सर्टगनबाट अचानक १ राउन्ड गोली (कार्टिज) पड्किएको हो।  अर्को मतपेटिका राखेपछि अहिले मतदान भइरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको