सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ । यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए ।
उनी पुगेपछि विवाद भएको विपक्षीले आरोप लगाएका छन् । यसैबीच प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर अहिले विवाद मिलाएका हुन् ।
बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो । दुई पक्षका कार्यकर्ताहरू एक आपसमा विवादमा उत्रिएका हुन् ।यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस