जेनजी आन्दोलन घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार भदौ २३ र २४ गते भएका घटनाको निष्कर्षसहित प्रतिवेदन तयार गरिएको छ। प्रतिवेदनमा गल्ती गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरिएको उनले बताए।उनले भने, 'प्रतिवेदन सरकारलाई बुझाइसकिएको छ। अब त्यसबारे के गर्ने भन्ने निर्णय सरकारले गर्छ। कसलाई र कति जनालाई कारबाही सिफारिस गरिएको छ भन्ने अहिले भन्न मिल्दैन।'
उनका अनुसार प्रतिवेदन करिब ८ देखि १० हजार पृष्ठको रहेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि फौजदारी अभियोगबारे प्रश्न गर्दा शर्माले भने, 'जसले गल्ती गरेको छ, उसलाई अभियोग लगाइएको छ, यसमा कुनै दुई मत छैन।'
आफूहरूले २ सयभन्दा धेरैलाई सोधपुछ र बयान लिएको उनले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस