नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ । जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ ।
यस्तै, मध्य बानेश्वर, पूरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बनेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ । बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस