Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानको हवाई आक्रमणमा ४०० जना अफगानीको मृत्यु

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, ११ : १२ मा प्रकाशित

पाकिस्तानको हवाई आक्रमणमा ४०० जना अफगानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार गरिने अस्पतालमा हवाई आक्रमण भएको दाबी गरिएको छ। उक्त आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको बताइएको छ।

तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार सोमबार राति काबुलको ओमार एडिक्सन ट्रिटमेन्ट अस्पताललाई निशाना बनाइएको हो। करिब २ हजार शय्या क्षमताको उक्त अस्पतालको ठूलो भाग आक्रमणपछि पूर्ण रूपमा ध्वस्त भएको छ। स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेका भिडियोहरूमा सुरक्षाकर्मीहरू टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गर्दै गरेको र दमकलकर्मीहरू भग्नावशेषमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा जुटेको देखिन्छ।

यद्यपि पाकिस्तानले भने यस आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। पाकिस्तानी पक्षले यस्तो दाबीलाई भ्रामक प्रचार भन्दै खण्डन गरेको छ र सोमबार काबुल तथा नान्गाहार क्षेत्रमा केवल सैन्य लक्ष्यहरूलाई मात्र निशाना बनाइएको स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको