मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा साढे ११ अर्ब माथिको राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार राजस्व संकलन गरेको हो ।
यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । कार्यालयबाट फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार राजस्व संकलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११०.२६ प्रतिशत हो ।
चालु आवको ८ महिनामा भन्सार महसुल शीर्षकमा ४ अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा ६ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा १० करोड ९६ लाख राजस्व संकलन भएको छ । यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा १ अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा १ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा ४ अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार राजस्व संकलन भएको छ ।
कार्यालयले चालु आव २०८२÷०८३ का लागि कूल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस