उज्यालो नेपाल पार्टी ले केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसी लाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। पार्टीको हालै बसेको उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
पार्टीले संगठनात्मक संरचनालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित यो नियुक्ति गरिएको जनाएको छ। हालसम्म पार्टीभित्र रणनीतिक योजना निर्माण तथा संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका केसीलाई नयाँ जिम्मेवारी दिइएको हो।
पार्टीका नेताहरूले केसीको अनुभव, कार्यक्षमता र दीर्घकालीन दृष्टिकोणप्रति विश्वास व्यक्त गर्दै उनको नेतृत्वले संगठनलाई थप गतिशील बनाउने बताएका छन्। विशेषगरी प्रशासनिक कामकारबाहीलाई व्यवस्थित बनाउँदै पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।
नयाँ जिम्मेवारी सम्हालेपछि केसीले आफूलाई दिइएको अवसरप्रति आभार प्रकट गर्दै संगठन र राष्ट्रको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले एकता, पारदर्शिता र सुधारमुखी नीतिमार्फत पार्टीलाई मजबुत बनाउने र जनतासँगको सम्बन्ध थप नजिक बनाउने धारणा राखेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस