Like us!
Follow us!
Connect us!
Watch us!

सरकार पूर्वाग्रही तरिकाले अगाडि बढे देश दुर्घटनामा जान्छ : नेकपा

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, १७ : ०१ मा प्रकाशित

सरकार पूर्वाग्रही तरिकाले अगाडि बढे देश दुर्घटनामा जान्छ : नेकपा

नेपाली कम्युनिस्ट पार्टीले सरकार पूर्वाग्रह वा प्रतिशोधको भावनाले अघि बढे देश गम्भीर संकटतर्फ जान सक्ने चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलको संयुक्त बैठकमा पार्टीले सरकारलाई विधि, प्रक्रिया र कानुनअनुसार काम गर्न आग्रह गरेको हो।

‘सरकारले आग्रह र पुर्वाग्रहबाट काम गर्न हुँदैन । जहाँ पूर्वाग्रही, प्रतिशोधका आधारमा छानबिन हुन्छ, त्यसतर्फ सरकार गयो भने देशमा फेरि दुर्घटनामा जान्छ’, बैठकपछि सांसद महेन्द्रबहादुर शाहीले भने । 

यस्तै, बालेन नेतृत्वको सरकारले २०४८ सालदेखि राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयलाई नेकपाले समर्थन गर्ने शाहीले बताए। सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने पहल प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएकाले उक्त कदममा आफ्नो सहयोग रहने उनले दलको धारणा व्यक्त गरे।

उनले भने,‘हरेक ठाउँमा जे प्रश्न उठाएका छन्,त्यसबारे छानबिन हुनुपर्छ । प्रधानमन्त्री, सरकारी कर्मचारी र राज्यका निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर संयोजक प्रचण्डले बारम्बार भन्नुभएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि संसद्को रोष्टमबाट बारम्बार भनिराख्नुभएको छ । अहिलेको सरकारले कानुनसम्मत रूपमा गरेका कामबारे हाम्रो दलको समर्थन रहनेछ ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको