Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीले सांसदहरूलाई हेप्नुभयो - वर्षमान पुन

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, १० : ३० मा प्रकाशित

अर्थमन्त्रीले सांसदहरूलाई हेप्नुभयो  - वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई हेप्ने र धम्की दिने शैलीमा प्रस्तुत भएको भन्दै आपत्ति जनाएका छन्।

आर्थिक विधेयकमा गरिएको करका दर हेरफेर र त्यसको सूचना चुहावट भएको भन्ने विषयमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति तथा संसद्‌ बैठकमा तीव्र छलफल भएको थियो। सोही छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले प्रयोग गरेको भाषा र शैलीप्रति नेता पुनले गम्भीर ध्यानाकर्षण गराएका हुन्। पूर्वअर्थमन्त्री पुनले सार्वजनिक लेखा समितिको बैठकमा यो विषय उठाउँदै करका दर हेरफेर र सूचना चुहावटको गम्भीर मुद्दामा संसद् तातिरहेका बेला पूर्वअर्थमन्त्री र वर्तमान अर्थमन्त्रीबीचको यो आरोप-प्रत्यारोपले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।

‘अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं । हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६/७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो’ नेता पुनले भने, ‘यो दुःखद कुरा हो । धेरै नै दुःखद कुरा हो ।’

संसदीय समितिको समेत मानमर्दन हुने गरी प्रस्तुत हुँदा संसदीय समितिको सभापतिबाट रुलिङ हुनुपर्ने माग उनले राखे । सभापति भरत बहादुर खड्काले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको