नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा भने हाललाई कुनै परिवर्तन गरिएको छैन ।
यो नयाँ मूल्य समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । यद्यपि आन्तरिक हवाई इन्धनको मूल्य भने घटाइएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई पछिल्लो १५ दिनमा २१ करोड रुपैयाँ घाटा भएको जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य पनि बढेको अवस्थामा निगमले उपभोक्ताको हित र वित्तीय सन्तुलन कायम गर्न यो निर्णय लिएको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस