Like us!
Follow us!
Connect us!
Watch us!

लामालाई रिहा गर्न माग

शुक्रबार, ०२ चैत्र २०७४, १९ : ५० मा प्रकाशित

लामालाई रिहा गर्न माग


अर्थ संसार, काठमाडौँ– नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ ।

यो दुःखद् भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।” उहाँले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उहाँमाथिको अभियोग खारेज गर्न पनि माग गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको