अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण थालेपछि उत्पन्न तनावका कारण एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च भएको छ । पछिल्लो विवरणअनुसार कच्चा तेलको भाउ १२६ डलर प्रतिब्यारेल पुगेको हो ।
यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च हो । त्यस बेला रुस–युक्रेन युद्धका कारण कच्चा तेलको भाउ बढेर झण्डै १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो । बीबीसीका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च बिन्दुमा पुग्नुको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानको बन्दरगाहमा सैन्य नाकाबन्दीलाई निरन्तरता दिने बताउनुभएको छ ।
यस्तै अमेरिकी सेन्ट्रल कमाण्डले इरानमाथि छोटो तर शक्तिशाली हवाई आक्रमण गर्ने योजना तयार पारेको छ । यसको सिधा असर ‘स्ट्रेट अफ होर्मुज’ अर्थात् होर्मुज जलमार्गमा परेको छ । यो जलमार्ग इरान नियन्त्रित छ । जुन विश्वभर तेल ढुवानी हुने महत्त्वपूर्ण जलमार्ग मानिन्छ । शान्ति वार्ताका लागि पाकिस्तानले पहल गरिरहेको भए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । यो अनिश्चितता र सम्भावित युद्धको त्रासले गर्दा विश्वभर ऊर्जाको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको बीबीसीको खबरमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस