Like us!
Follow us!
Connect us!
Watch us!

ब्लेड ब्याट्रीसहित किंग लङ्गकाे नयाँ १६ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १६ : ०५ मा प्रकाशित

ब्लेड ब्याट्रीसहित किंग लङ्गकाे नयाँ १६ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक

सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

लन्च कार्यक्रम वडा नं. ३ का अध्यक्ष प्रेम थापाले उद्घाटन गरेका थिए। यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ kWh ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्ने कम्पनीले जनाएको छ। यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउने बनाउने कम्पनीको भनाइ छ। किंग लङ्ग सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको-फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। नेपालभर किंग लङ्गले हालसम्म ५,०००+ युनिट बिक्री. २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ। नयाँ किंग लङ्ग १६ सिटर रु. ७२,५०,००० को प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको