Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १० : ४६ मा प्रकाशित

एकैदिन १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले पुनः निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा खिच्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले आज वैशाख १७ गते १२० अर्ब रुपैयाँ बराबरको रकम बैंकिङ प्रणालीबाट तान्ने भएको हो। यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा ननाघ्ने गरी, ५ करोड रुपैयाँको गुणकमा बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा पनि प्रस्ताव पेश गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप संकलन उपकरणको अवधि ९७ दिनको रहनेछ। जसको साँवा र ब्याज आगामी साउन २० गते भुक्तानी गरिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको