अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभा असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेबाट सञ्चालन हुनेछ।
सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायबाट प्राप्त निर्देशनअनुसार प्रस्तावित संशोधनमा थपघट वा परिमार्जन गर्नुपर्ने अवस्था आएमा त्यसका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने कार्यसूची रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस