अर्थ संसार, दोलखा– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले स्थानीयका लागि छुट्याएको १० प्रतिशत सेयर ३ तहमा वर्गीकरण गरी बिक्री गर्ने सहमति भएको छ ।
जिल्लास्थित राजनीतिक दल, सांसदहरू, स्थानीय तहका जनप्रतिनिधिहरूको बैठकले पूर्ववत् निर्णयअनुसारकै विधिमा सेयर संकलन गर्न उचित देखिएको निर्णय गरको े हो।
पूर्वनिर्णयअनुसार आयोजनाले स्थानीयका लागि छुट्याएको १० प्रतिशत सेयर क, ख र ग तीन वर्गमा विभाजन गरी संकलन विधि बनाइएको थियो। बैठकले दोलखालीले पाउने १० प्रतिशत अर्थात् एक अर्व पाँच करोड ९० लाख रुपैयाँ बराबरको सेयरलाई अति प्रभावित, प्रभावित र अन्य गरी तीन वर्गमा सेयरको अनुपात मिलाई वितरण गर्न आयोजनालाई पुनः स्मरण गराएको हो।
वर्गीकरणको विरोध गर्दै चक्काजाम गर्ने आयोजनाको गाडीमा अवरोध गर्ने घोषणा हुन
थालेपछि सर्वपक्षीय बैठकले पुरानै निर्णय कायम गर्ने निर्णय गरको हो। सर्वपक्षीय निर्णयपछि तामाकोसीको सेयर संकलन विवाद टुङ्गिने अपेक्षा गरिएको छ ।
अवस्था अनुकूल भए वैशाखबाट सेयर निष्कासन हुन सक्ने माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । शुक्रबार बसेको सर्वपक्षीय बैठकको निर्णयमा पटकपटक सर्वपक्षीय र सर्वदलीय बैठकको सहमतिअनुसार २०७४ भदौ ६ गते भएको अधिकतम तीन सय कित्ता र न्यूनतम ३०
कित्ताकै अनुपातमा सेयर निस्कासन गर्न सम्बन्धितन पक्षलाई अनुरोध गर्ने भनिएको
छ ।
बैठकले उक्त निर्णयको विरोधमा आन्दोलन गरिरहेका पक्षलाई राजनीतिक दलहरूको प्रमुखको उपस्थितमा जिल्ला समन्वय समितिले जानकारी गराउन निर्देशन दिएको छ । उक्त निर्णयबार जानकारी गराउन सुरु गराउने जिल्ला समन्वय अधिकारी तुलसी गौतमले बताए ।
परिवारको एक जनाको बैंक खाता भए पुग्ने दोलखा जिल्लावासीबाट संकलन गर्ने सेयरलाई सजिलो बनाउन परिवारको एक सदस्यको खाता भएमा त्यसैको आधारमा परिवारको सबै सदस्यले सेयर दरखास्त हाल्न पाउने व्यवस्था गर्न आयोजना र धितोपत्र बोर्डलाई अनुरोध गर्ने निर्णय पनि गरको छ ।
जिल्लावासीको तर्फबाट गरिएको उक्त निर्णयपछि डिम्याट खाता पनि खोल्न नपर्ने गरी सेयर हाल्न पाउने व्यवस्थाको माग पनि गरिएको छ । भूकम्पपीडितलाई सरकारले दिने निजी आवास अनुदानका लागि कम्तीमा परिवारको एक जना सदस्यको बैंक खाता खोलिएको छ । त्यही बैंक खाताका आधारमा सेयर संकलन गर्दा जनतालाई सजिलो पर्छ । उक्त अनुरोध कार्यान्वयन हुन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
प्रत्येक वडामा सेयर संकलन केन्द्रको अनुरोध दोलखाको नौवटा स्थानीय तहको प्रत्येक वडामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको सेयर संकलन केन्द्र व्यवस्था गर्न माग गरिएको छ ।
सर्वपक्षीय बैठकले जिल्लाको ७४ वटै वडामा सेयर संकलन केन्द्र राख्न आयोजनालाई
आग्रह गरिएको हो। सेयर संकलन गर्दा अधिक मात्रामा सर्वसाधारणको सहभागिता हुने अपेक्षाका साथ उक्त निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताए ।
आयोजनाका अनुसार आवश्यकताका आधारमा सम्भव भएसम्म सेयर संकलन केन्द्र राख्न सकिन्छ । बैंक भएका स्थानहरूमा सजिलै संकलन केन्द्र हुन सक्छ भने अन्य स्थानमा आवश्यकताका आधारमा व्यवस्था हुन सक्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस