Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण घटेको रहेछ सेयर बजार, दोष नदेऊ सरकारलाई

आइतबार, ११ चैत्र २०७४, १० : ४० मा प्रकाशित

यसकारण घटेको रहेछ सेयर बजार, दोष नदेऊ सरकारलाई

अर्थ संसार, काठमाडौं– धतोपत्र बजारमा विभिन्न कारणले प्रभाव पारेको छ । त्यसमा बैंकको कर्जा, राजनीतकि कारण तथा अन्य विषय पनि जोडिएका हुन्छन् ।

विशेष गरी  चालू आर्थिक वर्षको तेस्रो त्रैमास चैत भएकाले सेयर धितोमा कर्जा लिएकालाई ऋण किस्ता तिर्न ताकेता पर्ने गर्दछ ।

 त्यति मात्रै होइन बजार घटिरहेकाले बंकबाट पुग्दो मात्रामा करम उपलब्ध हुन सकेको छैन ।

यस्तै स्टकमा सूचीकृत अधिकांश कम्पनीले गत वर्षको नाफाबाट दिनुपर्ने लाभांश सबै दिइसकेका छन् । एकाध कम्पनीका बाँकी भए पनि त्यो सामान्य मात्रै रहेको छ । चालू वर्षको नाफाबाट सूचीकृत कम्पनी लगानीकर्तालाई लाभांश दिने भनेको आगामी असोजमा मात्रै सम्भव हुने देखिएको छ ।

 त्यसैले अहिले सेयर किनेर बिनाप्रतिफल लगानीकर्ता ६ महिना सेयर पाल्नुपर्ने भएकाले त्यसतर्फ धेरै लगानीकर्ताको ध्यान जाँदैन । समस्या यहाँ पनि देखिएको छ ।

राजनीतिक रुपमा  स्थिरता कामय भएपछि बजार घटिरहेको भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् । तर, स्थिर सरकार भर्खरै बनेको हो र उसका नीति तथा कार्यक्रम आउनै बाँकी छ । त्यसकारण सरकारलाई दोष देखाएर उम्कन मिल्दैन ।

सरकारले काम अघि बढाए पनि त्यसको प्रतिफलका लागि केही समय कुर्नैपर्ने अवस्था छैन । लगानीकर्ताले स्थिर सरकार बन्यो भनेर खुसी हुनुपर्ने कुनै कारण तत्काल छैन, किन कि  नयाँ कार्यक्रम नआएकाले अहिले जारी रहेको विगतको सरकारको निरन्तरता मात्रै हो ।

हाल  मुलुकभित्र आउने रकम र मुलुकबाट बाहिरिने रकमको अन्तर  ऋणात्मक छ । यसले ब्याजदरमा दबाब बढेको छ ।

जसका कारण बैंकले भद्रसहमति गरेर ११ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेका छन् । यसले कर्जाको ब्याज उच्च बनाएको छ र त्यसको असर पनि सेयर बजारमा परेको छ ।

सेयर बजार अझै पनि बैंक  तथा वित्तीय संस्थामा केन्द्रित छ । अर्थात् अधिक हिस्सा वित्तीय संस्थाको सेयरले ओगटेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको भन्दै हौवा फिजाइएपनि मुलुकको आर्थिक प्रणालीका कारण शेयर बजार ओरालो लागेको हो ।

यो पनि पढ्नुहोस्

माथिल्लो तामाकोसीको आइपिओ ३ तहमा वर्गीकरण गरी बिक्री गर्ने, कसलाई कति ?

खिम्ती- २ आयोजनामा चिनियाँ कम्पनीले ९ अर्ब लगानी गर्ने, आज सम्झौता हुँदै 

"सेयर खरिदबिक्री गर्दा यी १९ कुरामा ध्यान दिउ, नेप्से घटेर तनाव नलिउ"

११ कम्पनीका सेयर स्टकमा सूचीकृत, कसको कति ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको