Like us!
Follow us!
Connect us!
Watch us!

नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

सोमबार, १२ चैत्र २०७४, १४ : १८ मा प्रकाशित

नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

अर्थ संसार, काठमाडौँ–अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो ।

शर्मा र राणाले चार पाँच महिना अगाडि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुन्छ भन्दै ठगी गरेका थिए । उनीहरुबाट २० जनाभन्दा बढी व्यक्ति ठगिएको अनुसन्धानमा खुल्न आएको प्रवक्ता थापाले बताउनुभयो ।

“नेपालमा दर्ता नभएको कम्पनीले जति लगानी गर्यो त्यति धेरै नाफा हुने भन्दै पीडितलाई कुनै प्रमाणसम्म नदिएर ठगी गरेको पाइएको छ”, प्रवक्ता थापाले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको