अर्थ संसार, काठमाडौं– पुँजी बजारमा आज (सोमबार) बजार ५१.८९ अंकले झरेको छ । बजारमा सवा ४ प्रतिशतको पहिरो जाँदा कारोबार रकम भने बढेको छ । दिनभरी घटेको सेयर बजार सुचक एकैदिन ११६५.५५ अंकमा आएको छ ।
कारोबार सुरु भएको एकघण्टामा बजार ३ प्रतिशत भन्दा बढीले घटेपछि नेगेटिभ सर्किट ब्रेकर लगाई कारोबार १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
फेरि खुलेको बजारमा घट्ने क्रम केही कम देखिएपनि पछि फेरि घट्न थालेको थियो। यो सर्किट ब्रेकर यसअघि गत मंसिर १२ गते लागेको थियो। सबै उपसुचकहरु घटेका छन्। दिनभरीमा १५७ कम्पनीको ४७ करोड ३३ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले दिएको अभिव्यक्तिको कारण बजार निरन्तर घटिरहेको लगानीकर्ताहरु बताउँछन् । सेयरबजार प्रति अर्थमन्त्रीले विशेष प्रस्तावको कार्यक्रम ल्याई लगानीकर्तामा विश्वास दिलाउने कामहरु गर्नु पर्ने सेयर विज्ञहरुको भनाई छ । माथिका मान्छेहरुले बोल्दा विचार नगर्दा अहिले लगानीकर्ता मारमा परेको उनीहरुको भनाई छ ।
१ ५७ वटा कम्पनीको १५ लाख ६८ हजार ६५२ कित्ता सेयर ४७ करोड ७० लाख ७७ हजार ७२६ रुपैयाँको कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १०.७६ अंकले घटेको छ ।
आज बैंक ४१.८९, होटल ८१.३४, विकास बैंक ५१.२७, जलविद्युत ६९.४९, फाइनान्स ४.७२, विमा ३८३.९२, उत्पादन ६०.९५, माइक्रोफाइनान्स ७५.५२ र अन्य २१.९४ अंकले घटेको छ ।
के हो सर्किट ब्रेकर ?
सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई नियन्त्रण गर्न अपनाएको एक विधि हो । कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ । यसको सुरुवात नेप्सेले २०६३ असोज १० गतेबाट गरेको हो ।
सर्किट ब्रेकर लगाउने विधि
समग्र सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ असोज ६गतेदखि पूरै बजारमा सर्किट ब्रेकर लगाउन सुरु गरेको हो । सुरुमा नेप्सेले अंकका आधारमा कारोबार स्थगन गर्दै आएकोमा २०६५ भदौ ९ गतेदेखि भने प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाउँदै आएको छ ।
जस अनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि पहिलो सर्किट ब्रेकर लगाई कारोबार स्थगन हुन्छ । पुनः कारोबार खुलेपछि परिसूचक ४ प्रतिशतले परिवर्तन भएमा दोश्रो पटक सर्किट ब्रेकर लाग्छ र कारोबार स्थगित गरिन्छ ।
दोश्रो सर्किट ब्रेकर लगाएपछि ३० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि खुलेको बजार परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी कारोबार नै स्थगन हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस