Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा बाटो हिँड्दै गरेकी युवतीलाई अश्लील हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी

अर्थ संसार

सोमबार, २२ असार २०८३, १४ : १६ मा प्रकाशित

ललितपुरमा बाटो हिँड्दै गरेकी युवतीलाई अश्लील हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी

ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आरोपी सरकारी कर्मचारी हुन् । 

शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत भट्ट थरका ती पुरुषले आइतबार साँझ साढे ६ बजेतिर सुनसान गल्लीमा युवतीलाई एक्लै देखेपछि कपडा खोलेर अभद्र व्यवहार देखाएका थिए। तर, पीडित युवतीले डर नमानी हिम्मतका साथ आफ्नो स्मार्टफोन मार्फत ती पुरुषको हर्कतको भिडियो खिच्दै उनलाई फलो गरेकी थिइन् र बाटोमा हिँडिरहेका अर्का यात्रीको सहयोगमा आरोपीलाई नियन्त्रणमा लिएकी थिइन्।

नियन्त्रणमा परेपछि आरोपीले 'सरी' भन्दै युवतीको खुट्टा ढोगेको भिडियो उनले सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेपछि यो घटना सार्वजनिक भएको हो। हाल पीडितको उजुरीका आधारमा प्रहरी प्रभाग इमाडोलले घटनास्थल आसपासका सिसिटिभी फुटेजहरू सङ्कलन गर्दै घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको