Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

अर्थ संसार

बुधबार, १३ साउन २०८३, १६ : ०५ मा प्रकाशित

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष आयोजित समारोहमा शाहीले शपथ ग्रहण गरेका हुन्।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए। ४० सदस्यीय प्रदेश सभामा सभामुखबाहेक एमालेका ९ र नेकपाका १४ सांसदको समर्थनसहित उनीसँग २३ सदस्यको बहुमत रहेको छ। शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

केन्द्रमा एमाले र नेकपाबीच भएको तीनबुँदे सत्ता सहमतिपछि सात प्रदेशमध्ये कर्णालीबाट पहिलो पटक सत्ता परिवर्तन कार्यान्वयनमा आएको हो।यसअघि एमालेका यामलाल कँडेल मुख्यमन्त्री थिए। केन्द्रमा भएको नयाँ राजनीतिक सहमतिपछि उनले पदबाट राजीनामा दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको