अर्थ संसार, काठमाडौं– सान्जेन र रसुवागढी जलविद्युत कम्पनीको सिमित साधारण सेयर आइपिओ बाँडफाँड भएको छ । दुवै कम्पनीको सेयर बाँडफाँड चिलिमेड हाइड्रोपावर कम्पनीमा भएको थियो ।
रसुवागढी हाइड्रोपावर
यस कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार स्वीकृत आवदकमध्ये ५० देखि ७० कित्तासम्म सेयर माग गर्ने सबैलाई माग अनुसार सेयर दिइएको छ ।
यसरी बाँडफाँट गर्दा बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्ता सेयर गोलाप्रथाबाट ८० कित्ता वा बढी माग गर्नेलाई १० कित्ता थप गरिएको छ । अरु ५ जना लगानीकर्तालाई फेरि गोलाप्रथाबाटै १–१ कित्ता थप गरिएको छ ।
रसुवागढीले सञ्चयकर्तालाई खुला गरेको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरमा १ लाख ८७ हजार ८७८ जनाको आवेदन स्वीकृत भएको थियो । यता, १ हजार ८५ जनाको आवेदन रद्द भएको छ ।
त्यसै गरी संस्थापक लगानीकर्तामा २५० कित्तासम्म आवेदन दिने सवैलाई सेयर दिइएको छ । त्यसै गरी २७० कित्ता आवेदन दिनेलाई २६० कित्ता सेयर दिएको छ ।
त्यसै गरी २७१ देखि ५०० आवेदन दिने लगाननीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ता सेयर दिइएको छ ।
२५० कित्ता ४७ जना र थप १० कित्ता गोलाप्रथाबाट ८ हजार ५ ९७ जनालाई सेयर वितरण गरिएको सिद्धार्थ क्यापिटलका मर्चेण्ड बैकिङ प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । संस्थापक लगानीकर्ता सवैले न्यूनतम १५० देखि २६० कित्तासम्म सवै लगानीकर्ताले पाएका छन् ।
रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ ।
सान्जेन हाइड्रोपावर
सान्जेनले सञ्चयकर्ताका लागि बिक्री गरेको ७१ लाख १७ हजार ५०० कित्ता सेयरमा कुल १ लाख ८५ हजार ३५ जना सञ्चयकर्ताको आवेदन स्वीकृत भएको छ । यी सबैलाई ३० कित्ताको दरले सेयर दिइएको छ । बाँकी रहेको सेयर फेरि गोलाप्रथाबाट बाँडफाँट गरी १ लाख ५६ हजार ६४५ जनालाई १० कित्ता सेयर थप गरिएको छ ।
यसैगरी, सान्जेनको संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई निष्कासन गरिएको १२ लाख ७७ हजार ५०० कित्ता सेयरको पनि बाँडफाँट गरिएको छ । यसमा ५० देखि १४० कित्तासम्म माग गर्ने सबैलाई माग अनुसार नै सेयर दिइएको छ ।
यसैगरी, १५० देखि ३०० कित्तासम्म माग गर्नेलाई पनि १४० कित्ता सेयर दिइएको छ । यसरी सेयर बाँडफाँट गर्दा २७ हजार ४६० कित्ता सेयर बाँकी रहन्छ । यो बाँकी रहेको सेयर भने गोलाप्रथा मार्फत १५० देखि ३०० कित्तासम्म सेयर माग गर्ने ८ हजार ८७३ जनामध्ये २ हजार ७४६ जनालाई १० कित्ता थपिएको छ ।
रसुवामै निर्माण भइरहेको ५७.३ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस