Like us!
Follow us!
Connect us!
Watch us!

१ करोड ठगी गरेको अभियोगमा पक्राउ

विहीबार, २२ चैत्र २०७४, २० : ३० मा प्रकाशित

१ करोड ठगी गरेको अभियोगमा पक्राउ

अर्थ संसार, काठमाडौँ– महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको छ ।

परिसरले सेना तथा अनुसन्धानका विभिन्न पदमा जागीर लगाइदिने तथा शान्ति सेनामा विभिन्न देश पठाइदिने भन्दै रु एक करोड १५ लाख ठगी गरेको भनिएका लमजुङका मोहन दुरा र पशुपति अधिकारी, तनहुँका यमुना खड्का तथा कास्कीका रमेश कुमाललाई पक्राउ गरेको हो । अभियुक्तलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच परिसरले जुवाको खालबाट करीब रु सात लाख सहित बुधबार एघार जनालाई पक्राउ गरेको छ । परिसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सहायतामा तास खेलिरहेका अवस्थामा छ थान तास र नगदसहित तिनलाई साँझ नियन्त्रणमा लिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको