अर्थ संसार, दाङ– घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय निकायलाई रु ५४ लाख १६ हजार सहयोग गरेको छ ।
उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो ।
उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई रु २८ लाख ६६ हजार, घोराही–४ लाई रु २५ लाख ५० हजार सहयोग गरेको छ ।
सिमेन्ट उद्योगले विभिन्न विकास निर्माणका लागि स्थानीयवासीले गाउँपालिका र वडा कार्यालयमार्फत सहयोगका लागि आग्रह गरेअनुसार उक्त सहयोग गरेको सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले बताउनुभयो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस