अर्थ संसार, काठमाडौं – सहकारीमा पछिल्लो दिनमा ठगी गर्ने प्रवृत्ति बढेको छ । सम्वद्ध पक्षले दिएको जानकारीअनुसार रु २८ करोड ६० लाख ठगी गरेर ८७ जना सहकारी सञ्चालक फरार भएका छन् ।
विभिन्न १२ जिल्लाका सहकारी सञ्चालकले सहकारीको आर्थिक अधिकारको दुरुपयोग गरी सम्पर्क बिहिन भएको सरकारी तथ्यांक प्राप्त भएको छ । तर ठगी कार्यमा संलग्नलाई कारवाही गर्न भने सकिएको छैन ।
रकम ठगी गरी फरार हुनेहरुमा काठमाडौंमा १९ भक्तपुर र नुवाकोटमा १/१, कैलालीमा ६ बाँकेमा ५ धनुषामा ४, कञ्चनपरमा ४, रुपन्देहीमा ६, ललितपुरमा ६, कास्कीमा ४ र सर्लाहीमा ३ जना गरी ८७ जना सञ्चालक फरार रहेको सरकारी तथ्यांक रहेको छ ।
सहकारी विभागकाका अनुसार रकम हिनामिना गरी फरार रहेका व्यक्तिमाथी प्रहरीले निगरानी गरिहेको छ । तर उनीहरु हालसम्म पक्राउ गर्न सकिएको छैन ।
डिभिजन सहकारी कार्यालय काठमाडौंले काठमाडौंमा १९ जना सहकारी संचालक विरुद्ध प्रहरीमा उजुरी गरिसकेको छ ।
रकम ठगी गरी फरार हुनेहरुमा काठमाडौंमा १९ भक्तपुर र नुवाकोटमा १/१, कैलालीमा ६ बाँकेमा ५ धनुषामा ४, कञ्चनपरमा ४, रुपन्देहीमा ६, ललितपुरमा ६, कास्कीमा ४ र सर्लाहीमा ३ जना गरी ८७ जना सञ्चालक फरार रहेको सरकारी तथ्यांक रहेको छ ।
धादिङका सञ्चालकले रु २ करोड ५४ लाख, बाँकेकाले ७ करोड, धनुषाकाले ४ करोड ५० लाख, कञ्चनपुरले रु ९ लाख हिनामिना गरेका छन् । त्यसैगरी रुपन्देहीका ६ सञ्चालकले रु ४ करोड ६७ लाख, सर्लाहीका रु २ करोड ४ लाख हिनामिना गरेको आरोप लागेको छ ।
रकम हिनामिना गर्नेहरुमध्ये सबैभन्दा धेरै काठमाडौंका सहकारी रहेका छन् । ती सहकारीका सञ्चालकले रु ७ करोड ५६ लाख रकम ठगी गरेका छन् ।
धादिङका सञ्चालकले रु २ करोड ५४ लाख, बाँकेकाले ७ करोड, धनुषाकाले ४ करोड ५० लाख, कञ्चनपुरले रु ९ लाख हिनामिना गरेका छन् । त्यसैगरी रुपन्देहीका ६ सञ्चालकले रु ४ करोड ६७ लाख, सर्लाहीका रु २ करोड ४ लाख हिनामिना गरेको आरोप लागेको छ ।
ठगीमा संलग्न व्यक्तिहरुलाई सहकारी विभागले कारबाही नगरेको भन्द्यै पीडितले आपत्ति जनाएका छन् ।
वित्तिय सुरक्षामाथी असर परेको भन्दै महालेखा परिक्षकको कार्यलयले समेत आपत्ति जनाएको छ । सरकारलाई त्यस्ता ठगी कार्यमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस