Like us!
Follow us!
Connect us!
Watch us!

साढे ३३ केजी सुन प्रकरण : तीन प्रहरी अधिकृतलाई संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

विहीबार, १३ बैशाख २०७५, १६ : ३८ मा प्रकाशित

साढे ३३ केजी सुन प्रकरण : तीन प्रहरी अधिकृतलाई संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

अर्थ संसार,बिराटनगर– साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई  संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको गरिएको छ ।  उनीहरुलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ ।

प्रकरणको अनुसन्धान गर्न गठित समितिले पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि अदालत पेश गरेको हो ।

साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।

यसअघि गत आइतबार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि समितिले नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको