Like us!
Follow us!
Connect us!
Watch us!

३४ क्विन्टल सुन तस्करीका नाइके ‘गोेरे’ लाई सार्वजनिक

मंगलबार, ०८ जेठ २०७५, १३ : ४१ मा प्रकाशित

३४ क्विन्टल सुन तस्करीका नाइके ‘गोेरे’ लाई सार्वजनिक

अर्थ संसार, काठमाडौं– गृह मन्त्रालयको उच्चस्तरीय छानविन समितिले  सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई आज सार्वजनिक गरेको छ ।

३८ क्विन्टल सुन तस्कारी र सनम शाक्य हत्याका मुख्य आरोपी उप्रेतीलाई  पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विहान सवा ५ बजेतिर राजधानीको गौरीघाटबाट पक्राउ परेका गोरेलाई  मुद्दा चलाउन मोरङ प्रहरीलाई बुझाइने भएको छ ।

के हो सुनकाण्ड

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइगुइ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिआर्इजी गोविन्द निरौला,  महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह(सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको