अर्थ संसार, कैलाली –कैलालीको धनगढीमा बैंकमा जम्मा गर्न लगेको रु नौ लाख रुपैंया गोली हानेर लुटिएको छ ।
धनगढी उपहानगरपालिका–१ मेनरोडमा आईएमईबाट रकम लिएर सेन्चुरी बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरी लुटपाट भएको हो गोली हान्ने समूहले कार्कीको साथमा रहेको रकम लुटेर भागेको हुन् ।
बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना अज्ञात ब्यक्तिले गोलि प्रहार गरेको प्रहरीको भनाइ छ ।
कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस