सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट भाषण गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा सो आकारको बजेट पेश गरेका हुन् । पुँजी बजारको लागि बजेटको सकारात्मक पक्ष , नकारात्मक पक्ष तल यस प्रकारको छ ।
सकारात्मक पक्ष
-
बिमा क्षेत्रको लागि प्रोत्साहन
-
रु एक अर्ब भन्दा बढी पुँजी भएका उत्पादन मुलुक कम्पनी सेयर बजारमा ल्याइने
-
बारम्बार VAT को कुरालाई लिएर बजारमा हुने चलखेलको अन्त्य
नकारात्मक पक्ष
------------------
-
ब्याक्तीको लागि Capital Gain Tax ५ % बाट ७.५% र संस्थागतको लागि १०% बाट १५ % पुर्याइको छ ।
निष्कर्ष :
-
अर्थमन्त्रीले सेयर बजारमा कडाइ गर्छन् भन्ने डरको अन्य भएको छ ।
-
Capital Gain Tax वृद्धि नकारात्मक भएता पनि थोरै थोरै मुल्य वृद्धि हुदा पनि Trader हरुले Frequently बिक्रि गर्दा Selling Pressure बढ्न गइ मुल्य बढ्न नसकेको अवस्थामा CGT को कारण उक्त प्रक्रियामा केहि कमि आइ बजार स्थिर हुने र अन्तत : Long Term Investor लाई फाइदा पुग्ने देखिन्छ ।
-
CGT वृद्धिको नराम्रो प्रभाव तुलनामा रूपमा ठुला , सस्थागत , Mutual Fund हरुलाइ परेको छ , जसको कारण उनिहरुलाई लगानी गर्न निरुत्साहित गरिएको छ ।
-
पुँजी वृद्धि , मर्ज लगायतका अन्य कुराहरु मौद्रिक नितिमा उल्लेख हुने हुदा ती कुराहरु कस्तो हुन्छन् भन्ने हेर्नको लागि राष्ट्र बैंकको मौद्रिक निति सम्म कुर्नु पर्ने हुन्छ ।
समग्रमा : बजेट पुँजी बजारलाई निकै निरुत्साहित पार्ने खालको पनि छैन र बजार बढेर छलाङ नै मार्ने उत्साह जनक पनि छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस