Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंकको अन्तिम तयारी, अन्य दुई संस्था पनि लिस्टमा

अर्थ संसार

विहीबार, ०३ माघ २०८१, ११ : १८ मा प्रकाशित

पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंकको अन्तिम तयारी, अन्य दुई संस्था पनि लिस्टमा

राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरेको छ।

राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) बमोजिम १५ दिनभित्र सफाइको मौका दिने निर्णय गरेको छ।

अधिकांश वित्तीय सूचकहरु खराब रहेको भन्दै समितिले फाइनान्सलाई १५ दिनको मात्रै सफाइको मौका दिने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सको खराब कर्जा १४.४४ प्रतिशतमा रहेको थियो भने राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसलाई ४१.०७ प्रतिशतसम्म पुगेको देखाउँछ।

यससँगै, पोखरा फाइनान्सको पुँजीकोष पनि ऋणात्मक स्थितिमा पुगेको छ, जुन ८.५७ प्रतिशतले घटेर झन्डै ७१ करोड ११ लाख रुपैयाँको ऋणात्मक भएको छ।

यस आधारमा हेर्दा राष्ट्र बैंकको व्यवस्थाले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषित गर्दै यसको टेकओभर गर्ने प्रक्रियामा जानुपर्ने अवस्था देखिन्छ।  पोखरा फाइनान्ससँगै जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको स्थिति पनि नाजुक अवस्थामा छ। यी तिनवटै संस्थामाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालिसकेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको