गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने जोसुकै र जुनसुकै दलका मान्छे भएपनि कारबाही हुने बताएका छन् ।
आज (बिहीबार) नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुको संयुक्त बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री लेखकले त्रिपाठीमाथि भएको घटना निन्दनीय र गलत रहेको बताए ।
बिहीबार सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् ।
गृहमन्त्री लेखकले भने,‘जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ, यो अत्यन्त निन्दनीय काम भएको छ । अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जोसुकैलाई पार्टीका मानिस भएपनि कारबाही हुन्छ।'
सबै मानिसले आ–आफ्नो व्यवसाय गर्न पाउने बताउँदै गृहमन्त्री लेखकले त्यसमा बाधा ब्यवधान गर्ने, उशृङ्खलता प्रदर्शन गर्ने, अराजकता गर्ने र कानुनविरीत काम गर्ने जोसुकैलाई पनि दण्डित गरिने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस