Like us!
Follow us!
Connect us!
Watch us!

७ अंकले घट्यो सेयरबजार, ५ अर्ब ९३ करोडको कारोबार हुँदा फाइनान्स सेक्टरमा पहिरो

अर्थ संसार

विहीबार, ०३ माघ २०८१, १५ : ०६ मा प्रकाशित

७ अंकले घट्यो सेयरबजार, ५ अर्ब ९३ करोडको कारोबार हुँदा फाइनान्स सेक्टरमा पहिरो

साताको अन्तिम कारोबारको दिन  आज बिहिबार पनि  सेयरबजार घटेर बन्द भएको  छ । आज नेप्से ७.३३ अकंले घटेर २५८८.६२ बिन्दुमा बन्द भएको हो । आज २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको सेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार भएको छ ।आज यस कम्पनीको २८ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको