Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा भ्याटको विवाद हट्यो, अब बढ्ला त बजार

बुधबार, १६ जेठ २०७५, १३ : ५५ मा प्रकाशित

सेयरमा भ्याटको विवाद हट्यो, अब बढ्ला त बजार

अर्थ संसार, काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनले सरकारले बजेट मार्फत पूँजीबजारलाई खुसी तुल्याएको टिप्पणी गरेको छ ।यस्तै  एशोसिएसनले बजेटले पूँजी बजारमा देखिएको करको अस्पष्टता अन्त्य भएको निस्कर्ष समेत निकालेको छ ।

 एसोशिएसनले आज  विज्ञप्ति जारी गर्दै धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धिकर छुट हुने क्षेत्रभित्र समावेश गरेकोमा खुशी व्यक्त गरेको छ ।

यस व्यवस्थाले केही बर्ष देखि धितोपत्र दलाल व्यवसायीको धितोपत्र खरिद बिक्री सेवा बापत प्राप्त हुने आयमा भ्याट लाग्ने नलाग्ने द्धिविधाको अन्त्य भएको छ ।

सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट मार्फत धितोपत्र कारोबारको कमिशसनमा भ्याट नलाग्ने घोषणा गरेको छ भने यसअघि भ्याट लाग्ने भनी निर्धारण गरिएको रकम समेत मिनाहा गरेको छ ।

पूँजी बजारको दायरा फराकिलो बनाउने रणनीति अनुसार सरकारले बजेट मार्फत एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।

साथै सरकारले बजेट मार्फत प्राइभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थालाई पूँजी बजारमा प्रवेश गराउँदा बजार भरोसायोग्य, विस्तारित र विश्वसनिय बन्न योगदान पुग्ने विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको