Like us!
Follow us!
Connect us!
Watch us!

बजेटलाई स्वागत गरेन सेयर बजारले, घट्यो करिब पाँच अंकले

बुधबार, १६ जेठ २०७५, १५ : ३७ मा प्रकाशित

बजेटलाई स्वागत गरेन सेयर बजारले, घट्यो करिब पाँच अंकले

अर्थ संसार, काठमाडौं– सरकारले मंगलबार बजेट प्रस्तुत गरेपनि सेयर बजार बढ्ने अपेक्षा गरिउको थियो । तर त्यसको विपरित सेयर बजार आज करिब पाँच अंकले घटेको छ ।

बजेट आएको दिन समेत हिजो मंगलबार सेयर बजार ९.१८ बिन्दुले घटेको थियो । सेयर बजारका लगानीकर्ताहरू बजेटप्रति आश्वस्त हुन नसक्दा आज  भएको कारोबारमा गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बजेटमा सेयर कारोबार गर्दा भ्याट नलाग्ने उल्लेख भए पनि शेयर बिक्री गर्दा भएको नाफामा लाग्दै आएको क्यापिटल गेन ट्याक्समा भएको वृद्धिले लगानीकर्तालाई उत्साहित नबनाएको जानकारहरुको भनाइ छ ।

लगानीकर्ताहरू केही समय ‘पर्ख र हेर’ को अवस्थामा रहेका कारण आज  पुँजी बजारमा गिरावट आएको हो । धेरै ठूलो उतारचढाव नभए पनि कारोबार बन्द हुँदा समग्रमा नेप्से परिसूचक ४ दशमलव ९४ अंकले घटेर एक हजार ३२२ दशमलव २७ अंकको बिन्दूमा पुगेको छ । आज रु  ४३ करोड ९० लाख ८३ हजार ७२१ मा  ७ लाख ८९ हजार ३९९ कित्ता शेयर किनबेच भएको छ ।

आज  कारोबार भएका उप समूहमध्ये फाइनान्स, बीमा र लघुवित्त समूहबाहेक अन्य अरु सबै समूहमा गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको